तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अविरल वर्षा सँगैको पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ, १ जना बेपत्ता भएका छन् भने २ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

पहिरोबाट मृत्यु हुनेमा ६५ वर्षीय इमान सिंह राना, ५० वर्षीय टीकाबहादुर थापा र ६० वर्षीय जीमान सिंह थापा रहनुभएको छ भने बेपत्ता हुनेमा ६० वर्षीय प्रेम चन्द्र पाण्डे रहेको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । मृत्यु भएका राना साबिक कालिगण्डकी गाबिस अध्यक्ष रहनुभएको छ ।

पहिरोले वडा सदस्य ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर राना घाइते भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । 

पहिरोले पुरेर घाइते दुबैको अवस्था गम्भीर रहेको छ भने घाइते दुबै जनालाई मिसन अस्पताल पाल्पामा उपचारको लागि लगिएको छ ।

यस्तै, खहरे खोलाले बाढी सँगै धार परिवर्तन गरेर चार घर जोखिममा पर्दा विस्थापित भएका छन् । ५५ वर्षीय वीर बहादुर रानाको आठ जना, देव बहादुर थापाको चार जना, बेपत्ता जिमान सिङ थापाको छ जना र तिलीसरा थापाको पाँच जनाको परिवारलाई पहिलो चरणमा छिमेकीको घरमा स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले पहिरो र खोलाले विस्थापितलाई एक दुई दिनमा विद्यालय वा टहरा बनाएर स्थानान्तरण गर्ने बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …