तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टि गरिएको हो ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्त र परिवारलाई शव बुझाइएको हुँदा उनीहरु सबैको सामूहिक तथां एकल रुपमा दाहसंस्कार भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो । प्राकृतिक विपत्तिले तहसनहस भएको पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएका शवलाई अन्तेष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए ।

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिए पनि २ जना अझै बेपत्ता छन् । मराङ र विममा गएको पहिरोका कारण ठूलो धनजनको क्षति भएको हुँदा सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ ।

यसै गरी मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टि गरिएको जनाइएको छ । बिहीबार राति आएको पहिरोमा परेर पुरिएकाहरुको शव शनिबार मात्रै निकालिएको थियो ।

पहिरोमा परेर मालिका–७, विमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …