तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

सरकारले कोभिड १९ रोकथाम तथा ब्यवस्थापनका लागि गरिएको सवारी पासको ब्यवस्थाले कोरोना रोकथाम सघाउमा भन्दा जनतालाई सास्ती दिने काममा मात्र उपयोगी भएको जनगुनासो बढ्न थालेको छ ।

साउन ७ गतेसम्म कायम हुनेगरी गरिएको लकडाउनको अवधिमा निजी सवारी साधनका लागि जिल्ला भित्र तोकिएको  मापदण्ड भित्र रहेर पास विना नै  र अन्तर जिल्ला प्रवेशमा सवारी पास लिनुपर्ने ब्यवस्था गरिएको छ।

दुई पाङ्ग्रेमा  अत्यावश्यक बाहेक एकजना मात्र भनिए पनि ब्यवहारमा त्यति लागू भएको   देखिदैन। यो ब्यावहारिक नभएको गुनासो पनि त्यत्तिकै छ। कोरोना संक्रमण बढ्दै गए पनि लकडाउनको नियम पालना  गर्नेको  संख्या  र कोरोनाप्रतिको को त्रास घट्दै गएको अनुभूति हुनथालेको छ।

लकडाउन अहिले औपचारिकतामा मात्र  सिमित भएको अवस्थामा निजी सवारी र  रिजर्भ गरिएका ट्याक्सी ,जीप लगायतका भाडाका सवारी साधनलाई समेत सुरक्षित उपाय अवलम्बन गरी विनापास  गुडाउन दिनुपर्ने माग बढ्न थालेको  छ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् । तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …