तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लकडाउनका कारण तीन महिनादेखि व्यवसाय ठप्प भएपछि खान र बस्न समस्या भएको भन्दै ट्याक्सीचालक र व्यवसायीले सरकारलाई चाबी बुझाएका छन् । आफूहरूले राखेका मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले मंगलबार यातायात व्यवस्था विभागमार्फत सरकारलाई चाबी बुझाएका हुन् । उनीहरूले मंगलबार नयाँ बानेश्वर–तिनकुने सडक किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित प्रदर्शनसमेत गरे । ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’,लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

लकडाउन खुकुलो भएर निजी सवारी सञ्चालन भए पनि साना र मझौला भाडाका सवारीलाई बन्देज गरिएको भन्दै ट्याक्सीचालक र व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले सरकारका कारण ट्याक्सी चलाउन नपाउदा घरमा खानेकुरा सकिएको, रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा पुगेको बताएका छन् । आफूहरूलाई घरभित्रै राखेर निजी सवारीसाधनलाई यात्रु ओसार्न दिएकोप्रति पनि उनीहरूले आपत्ति जनाएका छन् । रातो प्लेटका सवारीसाधनले भाडाको ट्याक्सीको सेवा दिइरहँदासमेत आफूहरूलाई निधेष गर्नु अन्याय भएको उनीहरूको गुनासो छ । ट्याक्सीचालक र व्यवसायीले सोमबारसम्मको अल्टिमेटम दिएर सवारी चलाउन पाउनुपर्ने माग गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघले १५ असारसम्म माग सम्बोधन गर्न समय दिएर विभिन्न माग राखेको थियो । तर, त्यो समयमा ट्याक्सीचालकहरूको माग सुनुवाइ नभएपछि विरोधका कार्यक्रम सुरु गरिएको संघले जनाएको छ । सार्वजनिक यातायातकै तुलनामा साना र मझौला सवारीसाधनलाई प्रतिबन्ध लगाउनु गलत भएको उनीहरूको भनाइ छ ।

व्यवसायी भन्छन्– सिंहदरबार लगेर ट्याक्सी बुझाउने अवस्था आउँछ
लकडाउनका कारण तीन महिनादेखि व्यवसाय ठप्प भएपछि चालकहरूलाई खान र बस्नै समस्या भएको काठमाडौं उपत्यका ट्याक्सी व्यवसायी संघका अध्यक्ष सानु पुर्वाछानेमगरले बताए । ‘लकडाउन खुकुलो भइसक्यो, सडकमा निजी सवारी बाक्लो गुडेका छन्, तर निजीकै झैँ एक÷दुई यात्रु लिएर हिँड्ने ट्याक्सीलाई पनि निरन्तर बन्देज गरेर पेसाबाटै विस्थापित गर्न खोजिएको छ,’ उनले भने । लामो समयदेखि कायम रहेको लकडाउनका कारण ट्याक्सी सञ्चालन गर्न नपाएका व्यवसायीलाई बैंकले ऋणको किस्ता तिर्न ताकेता गर्न थालेको अध्यक्ष मगरले बताए ।

निजी सवारीसाधनले भाडाका सवारीझैँ यात्रु ओसारे
पनि सरोकारवाला निकाय मौन बसेको चालक र व्यवसायीको आरोप छ । सरकारले आफूहरूका माग तत्काल पूरा नगरे काठमाडौं उपत्यकामा रहेका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने अवस्था आउने व्यवसायीले चेतावनी दिएका छन् नयाँ पत्रिकामा खबर छ।

यो पनि पढनुहोस

ओलीले राजीनामा नगरे के हुन्छ ?

आज मध्यराति देखि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …