तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल टेलिकमको पोस्टपेड सेवाका सम्बन्धमा सेवाग्राहीका गुनासै गुनासा आउन थालेका छन्। बिगत केही दिनयता फेसबुक लगायतका सामाजिक संजालमा यस्ता गुनासाहरु छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

फोन प्रयोगमा नआउँदा पनि ब्यालेन्स रकम काटिने,डाटाबाट नेट राम्रो नचल्ने ,रिचार्ज नहुने ,थोरै समय बोल्दा पनि धेरै रकम काट्ने , सापटी नलिंँदा पनि रकम काट्ने ,रिचार्ज गरेपछि ब्यालेन्स नदेखाउने ,आवाज नबुझिने जस्ता यावत समस्याका कारण कतिपयले सिम प्रयोग गर्न छाडेका कुराहरू पनि आएका छन्। टेलिकममा गुनासो राख्दा सिस्टमको समस्या देखाउँदै आफ्नो गुनासोलाई गम्भीरतापूर्वक नलिएको कुरा सेवाग्राहीहरू बताउँदै आएका छन् ।

“अस्तिमात्र २००रिचार्ज गरेको ,फोन पनि गरेको छैन ,डाटा पनि चलाएको छैन आज हेर्दा ब्यालेन्स जिरो ” एकजना प्रयोगकर्ताले नाम उल्लेख नगर्ने शर्तमा बताए ।कतिपयले त फेसबुक मार्फत डेलिगेसन जाऊँ,ज्यादती बढी भयो ,टेलिकममा तालाबन्दी गरौं ! भनेर स्टाटस पोस्ट गरेको समेत देखिन्छ ।

नेपालको एकमात्र सरकारी टेलिफोन सेवाप्रदायक निकाय नेपाल टेलिकम सेवाग्राहीका यस्ता गुनासाप्रति संवेदनशील हुन नसक्नु दु:खद कुरा हो।

हेर्नुहोस् कमेन्टहरू:

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …