तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखराका व्यवसायीले घरभाडा छुट दिनुपर्ने माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि भएको लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले बिहीबार विज्ञप्ति जारी गरी संकट गहिरिँदै गर्दा घरभाडाले व्यवसायीहरुमाथि चिन्ता थपिदिएको हुँदा घरधनीहरुसँग सो आग्रह गरेका हो ।

घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सृजना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन विज्ञप्तिमा भनिएको छ अतः सम्भव भएसम्म निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनेतर्फ घरधनीबाट विशेष योगदानहोस् भन्ने संघको आग्रह रहेको छ ।’

संघका तर्फबाट महासचिव अर्जुन पोखरेलले जारी गरेको विज्ञप्तिमार्फत घरभाडा छुट दिने घरधनीहरुलाई विशेष सहुलियत र कर छुटको व्यवस्था गर्न सरोकारवाला निकायहरुसँग जोडदार माग पनि गरिएको छ ।

साथै, संकटको यो घडीमा तीनवटै तहका सरकारसँग व्यवसायीहरुको लागि घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयन गर्न र थप कार्यक्रमहरु ल्याउन समेत माग गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …