तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ।

उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले बुधबार नगरसभाको पाँचौँ अधिवेसनमामापूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजारको बजेट प्रस्तुत गरेकी हुन्। बजेट पूँजीगतर्फ ७२ र चालुतर्फ २८ प्रतिशत छ।

बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ। स्वास्थ्य जनशक्ति व्यवस्थापन, अत्यावश्यक उपकरण खरीद, नसर्ने रोगसम्बन्धी कार्यक्रम सञ्चालन र स्मार्ट ल्याब सञ्चालन गर्न रु दुई करोड, तुलसीपुर–८ मा रहेको भीमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ शय्याको तुलसीपुर मेट्रो अस्पतालका रुपमा विकास र विशेषज्ञसहितको सेवाको शुरुआत गर्नका लागि एक करोड, आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिँदै आएको मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी पोषण प्रोत्साहनमा ४० लाख विनियोजन गरिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …