तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेस खोटाङले लकडाउनका कारण समस्यामा परेका खोटाङका मजदुर, विद्यार्थी र विरामीलाई काठमाडाैँ उपत्यकामा राहत वितरण गरेको छ।

हाल काठमाडौं, ललितपुर र भक्तपुरमा बसोबास गर्दै आएका १ हजार ३ सय परिवार खोटाङबासीलाई  राहत दिइएको जनाइएको छ।

कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अगवाइमा काठमाडौंको  जोरपाटी, कपन, बसुन्धरा बानेश्वर, ललितपुरको सातदोबाटो र भक्तपुरको गठ्ठाघरबाट राहत वितरण भएको थियो।

राहतमा प्रतिपरिवार १ बोरा चामल, १ केजी दाल, १ पोका नुन र ३ केजी तरकारी श्रेष्ठले जनाए।

कांग्रेस जनताको सुख दुःखमा सँगै हिँड्ने भएकाले  उपत्यकामा भएका र कोरोनाको कहरमा परेका खोटाङका जनतालाई राहत दिइएको उनले बताए।

जोरपाटी केन्द्र बनाएर वितरण गरिएको राहत कार्यक्रममा कांग्रेस खोटाङका महासमिति सदस्य तथा बिपी अध्यायन प्रतिष्ठानको केन्द्रीय उपाध्यक्ष दिनेश राईको संयोजकमा, कांग्रेस खोटाङ प्रदेश ‘ख’ का सचिव गणेश थापा, कांग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका सचिव डिबी खडका र गोकर्णेश्वर नगरपालिका ६ का वडाध्यक्ष रमेश बरालको उपस्थिति थियो।

बानेश्वरमा खोटाङबाट प्रतिनिधित्व गर्ने सांसद हिरा गुरुङको नेतृत्वमा राहत वितरण भएको थियो। कार्यक्रममा कार्यक्रममा झापाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी सांसद, महिन्द्रा लिम्बू, समाजसेवी टंक श्रेष्ठ, देवेन्द्र बस्नेत, गोपाल सैंजू, ममिन्द्र जोशीको सहभागिता थियो।

वसुन्धरा केन्द्र  बनाएर वितरण गरेको कार्यक्रममा पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राई, महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरी, राहत वितरण कार्यको सचिवालयका संयोजक रोजन राई, संगठन विभाग प्रमुख समीर राई, आरपी आचार्यको सहभागिता थियो।

गठ्ठाघर केन्द्र बनाएर वितरण गरिएको कार्यक्रममा कांग्रेसका पूर्वमहासमिति सदस्य तथा पूर्व जिल्ला सचिव महेन्द्र कटुवाल, सम्पर्क समिति अध्यक्ष काशी आचार्य, तरूण दलका नेता अर्जुन बस्नेत, नेत्री कान्ता केसी, चिरञ्जीवी आचार्य र साना श्रेष्ठको सहभागिता थियो।

कपन केन्द्र बनाएर वितरण गरेको कार्यक्रमको संयोजन जिल्ला कार्यसमिति सदस्य, भक्तजंग राई र नेविसंघ पूर्वकेन्द्रीय सदस्य दुरेन राईले गरेका थिए।  

           

सातदोबाटो केन्द्र बनाएर वितरण गरेको राहत कार्यक्रममा  महाधिवेशन प्रतिनिधि डा राजकुमार राई,  राजन दाहाल, उपेन्द्र पोखरेल र डिम्पल श्रेष्ठको सहभागिता थियो।

वितरित राहत सामग्री मध्य दाल, चामल नुनको व्यवस्था कांग्रेस खोटाङले गरेका थियो, तरकारीको व्यवस्थापन नेविसंघ खोटाङले गरेको थियो

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …