तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काँग्रेस खोटाङका  पुर्व जिल्ला सदस्य एवं  नेपाल दलित संघ खोटाङका  जिल्ला अध्यक्ष हिराबहादुर विश्वकर्माको मष्तिष्कघातका  कारण  शुक्रबार राती निधन भएको छ ।

गत जेठ ३२ गते सामान्य टाउको दुख्न थालेपछि बिरामी परेका बिश्वकर्मालाई उपचारका लागि काठमाडौ सिनामंगलस्थित केएमसि अस्पताल  लगिएको थियो तर स्वास्थ्यमा सुधार नआए  पछि डाक्टरले स्व. विश्कर्मालाई  घर लानको लागि सल्लाह दिएको उहाँका छोरा गोपालले बताए साथै स्वास्थ्यमा सुधार नआएपछि काठमाडौ बाट असार ४ गते घर ल्याइएका बिश्वकर्माको शुक्रबार राती ७.४५ बजे हलेसी तुवाचुङ नगरपालिका ४ बडहरेस्थित आफ्नै घरमा निधन भएको थियोे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा , केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसी र डाक्टर नारायण खड्का , केन्द्रीय सदस्य प्रदीप पौडेल, पूर्व जिल्ला सभापति सुवास पोखरेल , महासमिति सरस्वती बजिमय र रविप्रकाश राई  लगायतका नेताले टेलिफोन गरि नेता हिराको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको र परिवारजनलाई समवेदना दिनुभएको पार्टी श्रोतले बतायो । त्यसैगरी नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयबाट शोक विज्ञप्ति निकालिएको कुरा जिल्ला पार्टी प्रवक्ता सुमनबाबु अाचार्यले बताउनुभयो ।

नेपाली काङ्ग्रेस खोटाङका पूर्व सभापति विष्णुकुमार राई, पार्टी उप सभापति धर्मराज पोखरेल , सचिव ज्ञानेन्द्र जोशी लगायत नेता पनि दिक्तेलबाट शवयात्रामा सहभागी हुन बडहरे पुग्नुभएको पार्टी श्रोताले हामीलाई बतायो । 

नेपाली काँग्रेस खोटाङका क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ्ग नगरपालिकाका नगरप्रमुख इवन राईले बिश्वकर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो। त्यसै गरी उपप्रमुख बिमला तिलुङ राई, वडाध्यक्ष एबं कांग्रेस नेता किशोर बस्नेत साथै नेपाली  कांग्रेस नगर सभापति चक्र राईको पनि उपस्थिति रहेको साथै थुप्रै नेपाली काँग्रेस नेता कार्यकर्ता नेपाली काँग्रेसका शुभचिन्तक  हरूले समाजिक संजाल र फोन मार्फत स्व. विश्वकर्मालाई श्रद्धाञ्जली संदेश तथा समवेदना दिएको खोटाङ नेविसंघका अध्यक्ष राजकुमार बस्नेतले बताउनु भएको छ । दुधकोशी किनारा सिम्लेमा विश्वकर्माको अन्तिम अन्त्यष्टी गरियो ।

विक्रम संवत २०१९ साल मंसिर २७ गते खोटाङ हलेसी  बडहरेस्थितजन्मिनु भएको थियोे । बिश्वकर्मा नेपाल दलित संघका अगुवा पुर्व केन्द्रीय सदस्य समेत रहि सक्नुभएको थियो  । उहाँका श्रीमति सहित चार छोरा र चार छोरी हुनुहुन्छ  ।उनको निधनबाट नेपाली काङ्ग्रेस खोटाङलाई अपुरणीय क्षति भएको २ नं . क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …