तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो गृह जिल्ला स्याङ्जाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

काँग्रेसका केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले कोरोनाभाइरस नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

उनले स्याङ्जाका पाँचवटा नगरपालिका र ६ वटा गाउँपालिकामा सर्जिकल मास्क, स्यानिटाइजर, पीपीईलगायतका सामग्री सहयोग गरेका हुन् । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले अहिलेसम्म वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, फेदीखोला  गाउँपालिका, अर्जुनचौपारी गाउँपालि र हरिनास गाउँपालिकासहित सबै पालिकामा सहयोग सामग्री पुगिसकेको जानकारी दिए ।

कोरोनाले विश्व नै आक्रान्त रहेको बेलामा एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म पनि रहेको उनको भनाइ  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …