तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल स्थित सिप्रदी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् ।  सिन्धुलीको सुनकोशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मेघराज पुरी सोही ठाउँस्थित  डिएम सिनेमा हलको कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका-८ स्थित चङ्गाई खोलाको पुलमुनी बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली खोलाको किनारको ढुङ्गाको चेपमा सोही गाउँपालिका-४ ढुङ्गे बस्ने ३९ वर्षीय सन्जिव बुलुन बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । गत जेठ ३० गतेदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।  

यसैगरी धादिङको गल्छी गाउँपालिका-६ स्थित त्रिशुली नदीको किनारमा पनि हाल नाम, थर, वतन नखुलेकी महिलाको शव सडिगलेको अवस्थामा बुधबार बिहान फेला परेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …