भारतीय राज्य बिहारको मुख्यमन्त्रीमा नीतिश कुमारले सपथ लिएका छन् ।हालै सम्पन्न निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमारलाई गठबन्धनको नेता चयन गरेसँगै उनी बिहारको मुख्यमन्त्री बनेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले सोमबार बिहारको पटनास्थित राज्यपाल भवनमा सातौं पटक मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । उनलाई राज्यपाल फागु चौहानले शपथ गराएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नीतीशकुमारसँगै भाजपाबाट तारकेश्वर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहभागी रहेको थियो । यद्दपि, विपक्षी महागठबन्धनले भने समारोह बहिस्कार गरेको जनाइएको छ ।
कुल २ सय ४३ सिट रहेको बिहार विधानसभामा सत्तारुढ एनडीए गठबन्धनले १ सय २५ सिट र विपक्षी महागठबन्धनले १ सय १० सिटमा जितेका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …