तेलभी इजरायल । भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रीन सर्वसम्मत चयन भएका छन् । गत २०२२ जुलाई १९ तारिक सोमबार बेलुका अनलाइन एप्स मार्फत सम्पन्न भएको छैटौं साधारण सभाले अध्यक्षमा पाख्रीन सहित १८ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको हो।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा उपाध्यक्षमा मछिन्द्र तामाङ , सिता बिष्ट, महासचिव सुनिता गुरुङ , सचिव दीपा राई कोषाध्यक्ष रोजी गोले चयन गरिएको छ ।
समितिको सदस्यहरुमा क्रमश नमुना दहाल , जीवन गोले , तेज गोले तामाङ , अन्जु भट्टराई , बिकास पाख्रिन , सरिता लुइँटेल चिनिएका छन ।
सोही साधारण सभाले भोजपुर सेवा समाज इजरायलको संरक्षकहरुमा कृष्ण रायमाझी , बिष्णु पाख्रिन ,अनु थापा चयन गर्नुको साथै प्रमुख सल्लाहकारमा इन्दिरा अधिकारी र सल्लाहकारमा सरस्वती राईलाई चयन गरेको छ ।
सोही अवसरमा अध्यक्ष सुमिन पाख्रीनले संस्था स्थापना गर्नुको उदेश्य र भाबी योजना बताउदै “जननी जन्म भुमि जन्मेको ठाउँ जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ” भन्ने मान्यता लाई सिरोधार्य गर्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने उदेश्यले सबैको भावना र विचार लाई आत्मासाथ गर्दै भोजपुरको बिकास प्रतिको कार्य योजनालाई अगाडि बढाउने अभिप्रायले भोजपुर जिल्लाको धर्म संस्कृति पहिचान र जगेर्ना गर्दै भोजपुर जिल्लामा केही बिकास मुलक काम गरौ र समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि, असाय, वृद्ध , बिपन्न, बालबालिका, महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतको बेलामा हामी प्रावासि इजरायलमा रहेका भोजपुर बासिले थोरै भए पनि सहयोग गर्न सकौ र बिकासमा केही टेवा पुर्याउनु सकियोस भन्ने अभिप्रायले भोजपुर सेवा समाज इजरायलको इजरायलमा २०१७ मा स्थापना भएको बताए ।
भोजपुर सेवा समाज इजरायल २०१७ मा स्थापना भई निरन्तर भोजपुर जिल्लामा मात्र नभएर समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि, असाय, वृद्ध, बिपन्न, बालबालिका, महिला असक्त, परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित, खडेरी जस्तो आपत बिपतमा सहयोग गर्दै आइरहेको छ ।
प्रबासमा रहेर पनि सम्पूर्ण भोजपुर बासी दाजु भाइ दिदी बहिनीहरूलाई एकिकृत रुपमा संस्थामा आबद्द गराई आफ्नो जन्म, ठाउ, संस्कृति र भौगलिक बनावाटको परिचय दिनुका साथै बिभिन्न संभाव्य क्षेत्रमा सहयोग योगदान दिदै र इजरायलका बिभिन्न संघ संस्थाहरु संग सहकार्य, समन्यय गर्दै आइरहेको छ। निकट भविष्यमा चाडै अन्तराष्ट्रिय समाजको रुपमा समन्यय गर्दै अझ सशक्त ढंगले काम, कार्य अगाढि बढाउने सोच बनाएको बताए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …