मुक्तकमा मन
१.
रेटी विश्वासको घाँटी धोका दिएँ भने नि
पारी चौबाटैमा अलपत्र छुट्टिएँ भने नि
यात्रा कर्म–पथको थाती नराखे है अभागिनी
कतै कोरोना कहरले म सिद्धिएँ भने नि ।
२.
लुकीलुकी तिम्ले आँशु झारेको देखेको छु
मलाई जिताउन आफू हारेको देखेको छु
सहेर सधैँ आँधीहुरी अभावका कतिकति
डुँगा बनेर पारि तारेको देखेको छु ।
३.
कतै स्वर्गबाट भागेर आयौ कि
जूनसँग रुप मागेर आयौ कि
ओ नायिका ! कति बेगिलो चालढाल
सीमा पर्खालका सारा नाघेर आयौ कि ?
४.
भरिँदै रित्तिँदै छन् सुरा–अमृतका प्याला
देखिन्छन् हरचीज एकछिन उज्याला
निकालेर संग्रामको यो नरक–कुण्डबाट
पस्किन्छ स्वर्ग मेरो प्रिय मधुशाला ।
५.
तिम्रा लागि सधैँ म मधुमाससरि छु
तिमिरमा एक किरणको प्रकाशसरि छु
पत्थरसरि तिमी बज्रिए पनि प्रिया
म कोमल–कोमल कपाससरि छु ।
६.
फूलले फुलेँ भन्दैन
दीपले जलेँ भन्दैन
मानिस हो प्रचारको भोको
वृक्षले फलेँ भन्दैन ।
७.
हामी नै छौँ एक–अर्कोलाई अरु सहारा किन चाहिन्छ ?
भोको पेटमा ठेला मकै अरु आहारा किन चाहिन्छ ?
आऊ बेर अँगालोमा नाइँ नास्ती गर्दिनँ म
उन्माद चढेको बेला बिस्तारा किन चाहिन्छ ?
८.
सास फेरे पनि लाससरि छु
पहिरोले उजाडेको बाससरि छु
तिमीले दुखाएको उराठिलो मन छ नायिका
जून हराएको आकाशसरि छु ।
९.
ती सुडौल नाडीका छनछन चुरा बनूँ कि
वक्षस्थलका शोभा टाकुरा बनूँ कि
अहो उर्वशी, कस्तो रुपराशि तिम्रो !
पाउ झुन्झुनाउने मुजुरा बनूँ कि ?
१०.
नशाले लठ्ठ छु अहिले आउन्नँ प्रिया
प्रमादी मनले भजन गाउन्न प्रिया
तिमी लुटिएको खबर भोलि छापिन्छ पत्रिकामा
म कसै–कसै उम्कन पाउन्नँ प्रिया ।
११.
पुर्नेको सुकिलो रात हौ तिमी
मगमगाउँदो वासन्ती प्रभात हौ तिमी
के गान गरुँ म तिम्रो हे अधीर ललना
स्वच्छ, शीतल जलकी प्रपात हौ तिमी ।
नवीन आहत
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …