वालिङ। नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गर्नुभयो ।
कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुनुहुन्छ । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभएको थियो । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक-एक जना निर्वाचित हुनुभएको छ ।
विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गर्नुभयो । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाउनुभयो भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गर्नुभएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …