काठमाडौँ। युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनुभएको छ । आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।” स्वदेशमा रोजगारी अवसर नहुँदा युवाहरु विदेशिने गरेकातर्फ इंगित गर्दै मन्त्री गहतराजले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो ।
“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्”, उहाँले भन्नुभयो, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाबाट उत्प्रेरित हुने गरी अन्य युवालाई समेत स्वदेशमै परिश्रम गर्ने खालका योजनाहरु अगाडि बढाउनुहोस् ।”
सो अवसरमा मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले विभिन्न कारणले रोकिएको युवा लक्षित कार्यक्रम मन्त्रीको नेतृत्वमा अघि बढ्ने बताउनुभयो । कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगति विवरण पेश गर्नुभएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …