तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

नेपालमै क्यान्सर अस्पताल खोलेर सेवा दिने उद्देश्यले पाँच अर्ब रुपियाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन

झापा । सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा हुनुहुन्छ । सुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि जानुभएकी शर्मा झापामा पनि क्यान्सरको उत्कृष्ट अस्पताल छ भन्ने सुनेर झापामा उपचारका लागि आउनुभएको हो । 

डेढ वर्षअघि स्तन क्यान्सरपीडित उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ । राजीव गान्धी अस्पतालमा भारु २५ लाख खर्च हुने भएपछि सस्तो उपचारको खोजी गर्दै उहाँ झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल आइपुग्नुभएको थियो । 

क्यान्सर रोगी उहाँले सिलगुढीमा अधिकांश नेपाली बस्ती भएकाले पनि झापा आएर उपचार गर्न सहज भएको सुनाउनुभयो । भाषा मिल्ने, सस्तो उपचार, सेवा–सुविधा राम्रो लागेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएको जानकारी दिनुभयो । 

झापामा आँखा उपचारका लागि भारतबाट धेरै मानिस आउँछन् भन्ने सुनेकी थिएँ त, शर्माले थप्नुभयो, “आफूलाई क्यान्सर भएपछि पूर्वाञ्चल अस्पताल आउँदा अस्पतालजस्तो लागेन ।” पाँचतारे होटलमा आएको अनुभव सुनाउनुभएकी उहाँले क्यान्सरको उपचार गर्न आउँदा पर्यटकीय स्थल घुम्न आएकी हुँ कि जस्तो लागेको बताउनुभयो । पानीका फोहोरा, देवताहरूको चित्र देख्दा उक्त स्थानमा फोटोसमेत खिचेको उहाँले बताउनुभयो । 

झापा अर्जुनधाराकी ५६ वर्षीया प्रेमकुमारी फुयालको स्तन क्यान्सर उपचार झापामै भएको हो । सुरुमा नुहाउन जाँदा गाँठो पलाएजस्तो लाग्यो उहाँलाई । त्यसपछि विर्तामोडस्थित एक क्लिनिकमा उपचारका लागि जाँदा बीएन्डसी अस्पतालमा रिफर गरिदियो । फुयालले भन्नुभयो, “बीएन्डसीमा बायोप्सी गराउँदा क्यान्सर पुष्टि भयो ।” दुई वर्षअघि साउनमा क्यान्सर पत्ता लागेकोमा बीएन्डसी अस्पतालमा क्यान्सर उपचार नभएकाले भक्तपुर क्यान्सर अस्पताल आएको उहाँले बताउनुभयो ।

फुयालले भक्तपुरमा दुई पटक केमो गरेपछि बस्नलाई समेत समस्या भएकाले पुनः झापा फर्किएको बताउनुभयो । गत वर्षको पुसदेखि क्यान्सर अस्पताल सञ्चालनमा आएपछि पूर्वाञ्चल क्यान्सर अस्पतालमै शल्यक्रिया गरेको भन्दै अहिले पूर्ण रूपमा ठीक भइसकेको जानकारी उहाँले दिनुभयो । माघमा केमो लगाइसकिएको बताउँदै फुयालले भन्नुभयो, “तीन महिनापछि आउनु भन्नुभएको छ, अहिलेलाई औषधि खाइरहेकी छु ।” झापामै क्यान्सर रोगको उपचार हुन थालेपछि धेरै सजिलो भएको अनुभव फुयालले सुनाउनुभयो । 

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पताल एसियामै नमुना क्यान्सर अस्पतालका रूपमा स्थापित गर्न लागेको जानकारी दिनुभयो । हाल एक सय शøयामा सञ्चालित उक्त अस्पतालमा नेपालका अन्य क्यान्सर अस्पतालमा भन्दा अत्याधुनिक प्रविधि भिœयाउन सफल भएको दाबी गर्नुभयो । 

पेटस्क्यान, सीटी स्क्यान, एमआरआई, रेडियोथेरापी, केमोथेरापी, सर्जरी र अन्तर्राष्ट्रियस्तरको ल्याब सुविधासमेत पूर्वाञ्चल क्यान्सर अस्पतालमै पाउने भएकाले क्यान्सरको उपचारमा विदेश जानै नपर्ने उहाँको भनाइ छ । डा. यादवले क्यान्सर अस्पतालमा मात्र दैनिक सयदेखि १५० जनासम्म बिरामी ओपीडीमा आउने गरेको जानकारी दिँदै अस्पतालले सबैको सहज पहुँचका लागि ध्यान दिएको बताउनुभयो । 

निर्देशक डा. यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक ६० जनासम्मको रेडिएसन तथा ३५ जनासम्मको केमोथेरापी हुने गरेको जानकारी दिनुभयो । क्यान्सर अस्पतालमा रेडियसन मेसिनले ३९ सेकेन्डभित्रै रेडिएसन दिइसक्ने छ । यो नेपालकै अत्याधुनिक प्रविधि हो । अन्य अस्पतालमा रेडिएसन दिँदा ३५ मिनेटसम्म लाग्छ । 

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले शरीरभित्र रहेको ट्युमरलाई शल्यक्रिया नगरी रेडियो सर्जरी प्रविधि पद्धतिबाट उपचार गर्न सकिने अत्याधुनिक मेसिन पूर्वाञ्चल क्यान्सर अस्पतालमा भिœयाइएको बताउनुभयो । उहाँले अत्याधुनिक मेमोग्रामको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारबाट पाउने एक लाख रुपियाँबराबरको उपचार खर्च विपन्न नागरिक उपचार कोषअन्तर्गत प्राप्त गर्ने गरेको बताउनुभयो । 

उहाँले प्रदेश १ र २ का क्यान्सरका बिरामीलाई पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको बताउनुभयो । उहाँले यसबाहेक विदेशमा यसअघि उपचार गराइरहेकासमेत उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । गिरीले क्यान्सर अस्पतालमा नेपालका मात्र नभएर भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, सिलगुढी, पटना र बङ्गलादेशबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । 

अस्पतालका मेडिकल निर्देशक डा. यादवले अस्पतालले उत्कृष्ट सेवा दिइरहेको जानकारी दिँदै दक्षिण एसियामा स्थापित अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफैँलाई क्यान्सर लागिसकेपछि क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिँदै एक वर्षमा अस्पतालले उत्कृष्ट सेवा दिन सकेको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …