उपत्यकामा दैनिक एक करोड लिटर पानी वितरण गरिने योजना बनाईदै

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो …

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

रुपन्देही। बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले …

आजदेखि जनगणना सुरु

काठमाडौँ। राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित …

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

स्कटल्यान्ड । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को प्राविधिक सत्रमा यो कुरालाई …

उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने

काठमाडौँ। लामो समयको पर्खाइपछि काठमाडौँ उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापनस्थल नुवाकोटस्थित सिसडोलमा फोहर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो । कामपा वातावरण विभागका प्रमुख …

भारतीय मिचाहा प्रबृत्ति बिरुद्ध सरकार चुप लागेर बस्नु हुँदैन: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्  युवा नेता धनराज गुरुङले छिमेकी मुलुक भारतको एसएसबीहरु हात–हतियारसहित नेपाल प्रवेश गरेको प्रति गम्भीर आपत्ति जनाएका छन् । पटक पटक भारतीय एसएसबीहरु खुल्लम–खुल्ला हात–हतियारसहित नेपाल भुमीमा प्रवेश गरि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जमिन …

पाल्पा बुटवल सडकखण्ड बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म पन्ध्र दिनका लागि बन्द

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ । सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड बिस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ । कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक …

भण्डारण गरिएको आलु कुहिएर नष्टः बीउ जोगाउन मुस्किल

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ ।  सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र …

भाष्कर स्मृति प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई सम्मान

  कास्की । भाष्कर स्मृति प्रतिष्ठानको भेलाले एक कार्यक्रम आयोजना गरि जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेको छ । मंगलवार कास्कीमा भएको भाष्कर स्मृति प्रतिष्ठानको भेलाले एक कार्यक्रम आयोजना गरि जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेको कास्की आर्दश समाज साउदी …

राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र …