बाढीले खानेपानीको पाइप बगाउँदा बर्दघाट–सुस्तापूर्वमा पानीको हाहाकार

नवलपुर । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो । …

तिलकी र दमलपट्टि जोड्ने झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कन्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ । पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको …

पहिराले अवरुद्ध आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा

दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ ।  आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।  सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय …

हुम्लाको विकट मानिने उत्तरी नाम्खा लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

हुम्ला । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।  लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् …

‘कि सास कि लाश देऊ’

काठमाडौँ। नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछिको विस्तृत शान्ति, सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी …

कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र

मनाङ। गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।  आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला …

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेन

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन ।  लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार बिहान खसेको पहिरोले पाल्पा–बुटबल …

सडकमा जथाभावी थुपारिएको फोहर दुई हप्तापछि उठाउन सुरु

झापा ।विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो ।  “दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको …

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

गण्डकी । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  श्रीकृष्णको जन्मोत्सवका दिन …

बेनी कालीपुलमा पहिरो: ८ घर क्षति, ३ घाइते

बेनी । बेनी नगरपालिका–८  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ ।  पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो …