सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिबाना

अमेरिका। अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग …

‘डेल्टा भेरिएन्ट’ विश्वभर फैलिँदै, चीनमा थप ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि

चीन । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ । थप सङ्क्रमितमध्ये ३० …

जग्गाको राजश्व दर पुनरावलोकन गर्न आयोगको आग्रह

कञ्चनपुर । भूमिसम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले अव्यवस्थित बसोवासीका लागि निर्धारण गरिएको जग्गाको राजश्वको दर पुनरावलोकन गर्नका लागि केन्द्रीय आयोगमार्फत सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको छ । अव्यवस्थित बसोवासीले लगत संकलनको कार्य शुरु भएसँगै जग्गाको राजश्व बढी भएको गुनासो गर्न थालेपछि …

दार्चुला प्रशासनले भारतीय पक्षसँग माग्यो जानकारी

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर …

बाँकेको नयाँगाउँमा पुग्यो सशस्त्र प्रहरी बल

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको चौकी स्थापना भएको छ । नेपाल–भारत सीमानाकाअन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बिओपी राख्ने सरकारको नीतिअनुरुप यस वर्ष राप्तीसोनारी गाउँपालिकाको नयाँगाउँस्थित गुर्दनगौडीमा बिओपी स्थापना …

एमालेको बैठक विषयमा नै प्रवेश नगरी स्थगित

नेकपा (एमाले)को स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ः०० बजे बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका …

सातामा ६७ अर्ब ७४ करोडको शेयर कारोबार

लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । …

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार …

मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइयो

मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार …

बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको …