कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन …

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जना पक्राउ

पर्सा ।झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारत घर …

फुटसल व्यवसायीले सरकारको निर्णय नमान्ने

फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा …

२० दिनपछि खुल्यो गाउँपालिका जाने सडक

तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ । गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका–८ अ‍ैरीभिर पूर्ण रुपमा बन्द …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मानित गरेको हो । निकुञ्जको कार्यालय कसरामा आज आयोजित कार्यक्रममा चितवनका प्रमुख …

संसद् अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख र गृहमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष …

मध्यपुरको मुहार चार वर्षमै फेरियो

भक्तपुर । पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न । यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो । पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ । यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत …

सर्लाहीका उखु किसान पुन: आन्दोलनको तयारीमा

सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन-चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि …

पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु हाम्रो दायित्व : मुख्यमन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ । चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनःनिर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र …

बाघको संख्या बढेसँगै सुरक्षा चुनौती भयावह

हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व …