बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मानित गरेको हो । निकुञ्जको कार्यालय कसरामा आज आयोजित कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकाद्वय जोशी र पौडेललाई नगद रु १० हजारसहित खादा र सम्मानपत्रले सम्मान गर्नुभयो ।
पत्रकार जोशी र पौडेल चितवनमा लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । सो अवसरमा संरक्षणमा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारका आश्रित २० जना बालबालिकालाई आजै छात्रवृत्तिसहित नगद रकम उपलब्ध गराएको छ । निकुञ्ज आसपासका क्षेत्रका २० विद्यार्थीलाई नगद रु आठ हजार र स्टेशनरी उपलव्ध गराइएको हो ।
कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामिछाने, निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीलगायतले बाघको महत्व, संरक्षणमा गरिएका प्रयास र भावी योजनाबारे बोल्नुभएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …