तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ ।

चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनःनिर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले प्रदेश सरकारले शुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत्गृहलगायतका देशका शानहरुको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिनुभएको उहाँले स्मरण गर्नुभयो । एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …