दाङमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनकोको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ बर्षिय प्रकाश कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको …

सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते

सल्यानमा गाडी दुर्घटना भएको छ। दुर्घटनाबाट १६ जना यात्रु घाईते भएका छन। जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ। …

सिन्धुलीमा सवारी दुर्घटना:एकको मृत्यु, दुई घाइते

सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला, इटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी …

ट्रिपरको ठक्करबाट प्राइम टिभीका सम्पादक गौतमको निधन

काठमाडौं- प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक अनिल गौतम कार्यालयबाट घर फर्किने क्रममा सडक दुर्घटनामा परी निधन भएको छ । गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको …

डोटीमा जीप दुर्घटना हुँदा १२ जना घाइते, २ जनाको अवस्था गम्भीर

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी …

आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको जीपले ठक्कर दिदा १ को मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा बलेरो जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए। आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप …

सिरहामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

सिरहा–चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प …

चितवनको इच्छाकामनामा एम्बुलेन्स दुर्घटना ५ जना घाइते, १ को अवस्था गम्भीर

बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा पाँच बजे उक्त …

बर्दघाटमा स्कारपियोको ठक्करबाट एक बालकको मृत्यु

नवलपरासी पश्चिमको बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जाँदै गरेको से १ च २२३३ नम्बरको स्कारपियो बर्दघाट ४ स्थित सडकमा बाटो काट्ने क्रममा एक …

स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्‍यु

स्याङ्जामा एम्बुलेन्स दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिरामी छोडेर फर्केने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ–५, माझकोटस्थित वालिङ–चापाकोट भित्री कच्ची सडकखण्डमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको थियो ।  दुर्घटनामा स्याङ्जा चापाकोट–९ का ३५ वर्षीय …