तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला, इटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार यादवको दुर्घटनामा परी टाउकामा गहिरो चोट लागेको र थप उपचारका लागि सिरहाको फूलकुमारी अस्पताल कर्जनाहा अस्पतालमा लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो। उनी लघु उद्योग वित्तीय संस्था दुधौली शाखाको शाखा प्रमुखका रुपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै दुर्घटनामा मोटरसाइकल चालक बारा, निजगढ नगरपालिका –७  घर भएका २४ वर्षीय  अनिल घिमिरेको हात र खुट्टामा सामान्य चोट लागेको र  आवश्यक उपचारपछि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए। घिमिरे आरम्भ माइक्रो फाइनान्स दुधौलीमा कार्यरत रहेको बताइएको छ ।

दुर्घटनामा साइकल चालक सिन्धुलीको दुधौली नगरपालिका –७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको अगाडिका पाँच दाँत भाँच्चिएको तथा हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति मदन भण्डारी राजमार्गमा कटारीबाट दुधौलीतर्फ आउँदै गरेको  लु ५८ प २६३८ अस्थायी नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल सुगारेमा  ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …