ट्रक र मोटरसाइकल ठोक्किदा दाङमा तीन जनाको ज्यान गयो

दाङ – दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । मंगलबार राति लमही भालुवाङ सडकखण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ मौरीघाट जनकपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक …

चितुवाको आक्रमणबाट १८ बर्षिया युवतिको मृत्यु

अमरगढी – चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक युवतीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ। घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा …

भिरकोटमा जिप दुर्घटनामा परि घाईते भएका एक जनाको निधन

स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका-०५ स्थित हर्खौँदिमा हिजो राति भएको जिप दुर्घटनामा परेर गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा असिम सेन रहेका छन। दुर्घटनामा परि उपचारको क्रममा मणिपाल हस्पिटलमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। घाईते …

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना: ५ घाईते

स्याङ्जा-स्याङ्जाको भिरकोट नगरपालिका-०५ स्थित हर्खौदिमा  लु १ च २६९६ नम्बरको जिप दुर्घटना भएको छ। धान र पराल बोकेर घर पुग्न लागेको जिप ६:०० बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनामा परि ५ जना घाईते …

भिरबाट खसेर महिलाको मृत्यु

नवलपुर– जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एकजना महिलाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको …

टिपर दुर्घटनामा परि एकको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने …

धादिङमा जिप दुर्घटना, ५ जना घाईते

धादिङ-धादिङस्थित निलकण्ठ नगरपालिकाको ससाह खोलामा जिप दुर्घटना भएको छ। धादिङबेसिबाट काठमाडौकओ लागि हिँडेको बा १५ च ३५०४ नम्बरको  जिप करिब १०० मिटर तल खसेको छ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा त्रिपुरासुन्दरी–२ निवासी ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी–१ का ३० …

कैलालि मोहन्यालमा यात्रुबाहक जिप दुर्घटना १ को मृत्यु ,१५ घाइते ,२ को गम्भीर अवस्था

कैलालिको मोहन्याल गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा १ को मृत्यु ,१५ घाइते र २ को गम्भीर अवस्था रहेको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वडा न. २ का ५० बर्षिया कविराज भण्डारीको मृत्यु भएको हो ।  गम्भीर अवस्था रहेका घोडाघोडी …

पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका …

कञ्चनपुर मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । बिहिबार साझ जिल्लाको कृष्णपुर नगरपालिका–६ अमखैयामा भएको दुर्घटनामा परी घाइते भएका बेदकोट नगरपालिका–५ का ४५ वर्षीय प्रेमबहादुर साउदको उपचारको क्रममा कोहलपुर अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । उनी …