तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

किमाथाङ्का– सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब चार सय मिटर तल अरुण नदीको किनारामा टिपर खस्दा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।

टिपर चालक तामाङको गए राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ।

रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …