तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बिहिबार साझ जिल्लाको कृष्णपुर नगरपालिका–६ अमखैयामा भएको दुर्घटनामा परी घाइते भएका बेदकोट नगरपालिका–५ का ४५ वर्षीय प्रेमबहादुर साउदको उपचारको क्रममा कोहलपुर अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

उनी सवार म२प ६२७२ नम्बरको मोटरसाइकललाई से१ज १०२७ नम्बरको विङगरले ठक्कर दिएको थियो । ठक्करबाट साउदसहित मोटरसाइकलमा सवार बेदकोटकै ६२ वर्षीय कमल साउद घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि धनगढी पठाइएकोमा प्रेमबहादुर साउदलाई थप उपचारका लागि नेपालगञ्ज पुगाइएको उनले बताए । उपचारकै क्रममा साउदको नेपालगञ्जमा मुत्यु भएको र अर्का घाइते कमल साउदको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले मृतकको शव महाकाली अस्पतालमा ल्याइएको र ठक्कर दिने विङगर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …