तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कैलालिको मोहन्याल गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा १ को मृत्यु ,१५ घाइते र २ को गम्भीर अवस्था रहेको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका वडा न. २ का ५० बर्षिया कविराज भण्डारीको मृत्यु भएको हो । 

गम्भीर अवस्था रहेका घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरका ६० बर्षीय खडक रावल र धनगढी उप-महानगरपालिका ४ बस्ने ५७ बर्षीय तपेन्द्र पाण्डेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अन्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ । १६ जना बोकेको यात्रुबाहक जिप घोडाघोडी नगरपालिका को डोके बजार बाट मोहन्याल वाडा न .-२ कोल्तडी  जाँदै गरेको सु . प्र. ०१००१ च. २६२३ नम्बर को जिप आइतबार मोहन्याल चिसापानीमा भयानक दुर्घटना परेको हो । जिप उकालो चड्ने क्रममा डुङ्गामा चढी करिब ३५ मिटर तल खसेको घाइते यात्रुहरुले बताएका  छ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …