तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बिरामी लिएर काठमाडौंबाट सर्लाही आइरहेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

मंगलबार बिहान सवा पाँच बजे उक्त दुर्घटना भएको मुग्लिन इलाका प्रहरी कार्यालयले जानकारी दिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । अन्य घाइतेमा बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर, र ३४ वर्षका नरबहादुर मगर रहेका छन् । उनीहरुको अवस्था पनि मध्यम रहेको छ ।

घाइते दिलमाया रानामगर क्यान्सरकी बिरामी हुन् । उनको उपचारपछि घर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरु सवैलाई उपचारका लागि भरतपुर पठाएको मुग्लिन प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिन बजारबाट १४ किलोमिटर पर रहेको छ । एम्बुलेन्स सडकबाट खसेर नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …