मलेसिया । गैंर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको ८, औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
गैंर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाको २०२३-२०२५ कार्यकालका लागि दुइजना अध्यक्ष हुने सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गेरको हो। जसमा पहिलो कार्यकाल २०२३-२०२४ का लागि एनआरएनए मलेसियाको अध्यक्षमा विनोद कुमार थापा निर्विरोध निर्वाचित भएका छन। भने अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार राकेश प्रसाद महतो दोस्रो कार्यकाल २०२४-२०२५ का लागि अध्यक्ष हुने गरि बाकी सबै कार्यसमितिको पदाधिकारी निर्विरोध निर्वाचित भएको छन् ।
उक्त अधिवेशनबाट संघको वरिष्ठ उपअध्यक्षमा इन्द्र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा अरुण गिरी, दिलबहादुर केरुङ, रन्जित कुमार क्षत्री, हेमराज साप्कोटा र युवा उपाध्यक्षमा नारायण अधिकारी र महिला उपअध्यक्षमा लिला मगर निर्विरोध निर्वाचित भएकी छिन् ।
यसैगरी महासचिवमा टेक बहादुर अधिकारी, सचिवमा स्याम बहादुर श्रेष्ठ, बिष्णुप्रसाद बराल र सह-कोषाध्यक्षमा बिमल राणा, निर्वाचित भएका छन् भने युवा संयोजक राजु तामाङ, र महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध निर्वाचित भएकी छिन् ।
यस्तै सदस्यमा उमेश कोईरे महतो, बिजय मन्डल, खेमराज खत्री, भेषराज ज्ञवाली, राजु कुमार श्रेष्ठ, बिष्णु चौधरी, निर्विरोध निर्वाचित सदस्य भएका हुन, निर्विरोध निर्वाचित भएका हुन् भने बाकी सदस्य र अन्य पदमा पछि मनोनीत गर्ने निर्वाचन समितिका संयोजक एवं एनआरएनए आइसिसीका सचिव खगेन्द्र न्यौपानेले बताए ।
आईसिसि सदस्यमा शेर बहादुर गुरुङ, मिरापुरी गिरी, सन्तोष प्रसाद रिजाल, सन्तोष कार्की, लगायत चार जनालाई सर्वसम्मत चुनेको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापाको अध्यक्षतामा र मलेसियाको लागि नेपाली राजदूतावास क्वालालम्पुरका राजदूत डिल्लीराज पौडेलको प्रमुख अतिथिमा मलेसिया स्थित ग्रान्ड क्यान्टिनेटल होटलमा भएकोकार्यक्रममा विशिष्ट अतिथि नेपाली राजदुतावास क्वालालम्पुरका डिसिएम मोती बहादुर श्रीष, अतिथिहरु नेपाली दूतावास द्वतीय सचिव प्रेम बहादुर बुढाथापा, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनि, नेपाली प्रवासी राष्ट्रिय मञ्च मलेसियाको अध्यक्ष दयाराम कुमाल, नेपाली जनप्रगतिशिल मलेसियाको अध्यक्ष प्रेम पाण्डे, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, बैदेशिक रोजगार समन्वय परिषद मलेसियाको अध्यक्ष कमल गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक मिलन ठकुरीलगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एनआरएनए आइसिसीका उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ, खगेन्द्र न्यौपाने, क्षत्री प्रशान्तका सह-संयोजक हरि भट्टराई, कम्बोडियाका नवनिर्वाचित अध्यक्ष लालसिंह खड्कालगायतका पदाधिकारीहरुको उपस्थितिमा मलेसियामा रहेको नेपाली श्रमिक व्यापार व्यावसायी हरुको सहित बाक्लो सहभागी रहेको थियो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …