• मङ्गलबार, माघ-१७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तपाईँ हवाईयात्रामा हुनुहुन्छ भने विमान उड्नुअघिबाटै परिचारिकाहरूले तपाईँको मोबाइल स्विच अफ गर्न वा फ्लाइट मोडमा राख्न आग्रह गरिरहेका हुन्छन्।

विमानमा यात्रुसँग भएका अन्य विद्युतीय उपकरणको प्रयोग नगर्न पनि आग्रह गरिन्छ।

तर धेरैजसो अन्तर्राष्ट्रिय उडानहरूमा निश्चित उचाइमा विमान पुगेपछि यस्ता उपकरण प्रयोग गर्न छुट दिइन्छ। कतिपय विमान सञ्चालकहरूले त उडिरहेको जहाजमै वाईफाईको समेत सुविधा दिएका हुन्छन्।

विमान उड्ने र अवतरण गर्ने समयमा किन मोबाइल र अन्य विद्युतीय उपकरण प्रयोग गर्न दिइँदैन तपाईँलाई थाहा छ?

सन् २००६ को घटना

बीबीसी फ्यूचरले सन् २०१३ मा प्रकाशित गरेको एउटा विवरणअनुसार सन् २००६ को घटनामा एक यात्रुले प्रयोग गरिरहेको डीभीडी प्लेयर स्विच अफ गर्नेबित्तिकै ३० डिग्रीसम्म फरक देखाइरहेको विमानको नेभिगेशन सिस्टमले ठिकसँग काम गरेको थियो।

ती व्यक्तिले उक्त उपकरण स्विच अन गरेपछि पुनः उक्त समस्या दोहोरिएको घटना विद्युतीय उपकरणले विमानको उडानमा दुष्प्रभाव पारेका १२५ तथ्याङ्कलाई विश्लेषण गर्दै स्पेक्ट्रममा प्रकाशित भएको एक विवरणलाई उद्धृत गर्दै प्रकाशित गरिएको छ।

उडिरहेको विमानबाट पनि मोबाइलमा फोन गर्न दिने तयारी

विश्वभरि नै १०,००० फिटभन्दा कम उचाइमा विमान उडेको समयमा मोबाइल र अन्य विद्युतीय उपकरण प्रयोग गर्न नदिने अभ्यास छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका वरिष्ठ प्राविधिक अधिकृत देवेन्द्र पुनका अनुसार उडानका क्रममा निश्चित अवस्थामा मोबाइल फोनहरू प्रयोग गर्न नदिनुका केही व्यावहारिक कारण छन्।

विमानले निश्चित उचाइ हासिल गरेर जब सबै कुरा सामान्य हुन्छ त्यस बेला पाइलटले सीटको पेटी खोल्न र शौचालय जान अनुमति दिन्छन्, त्यो चरणमा मोबाइल चलाउन पनि पाइन्छ,” उनले भने।

विमानमा प्रयोग हुने दिशा देखाउने नेभिगेशनका र अरू सञ्चार उपकरणहरू पनि वायरलेस प्रणालीबाट सञ्चालन हुने भएकाले मोबाइल मात्र नभएर रेडिओ फ्रिक्वेन्सी र अल्ट्रासाउन्ड फ्रिक्वेन्सीले त्यस्ता उपकरणलाई असर गर्न सक्ने उनी बताउँछन्।

कहिलेकाहीँ फ्रिक्वेन्सी जुधेर पाइलटले सञ्चार गरिरहेको कुरा नसुनिन सक्छ वा प्रभावित हुन सक्छ,” उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र पनि त्यस्तो जोखिम हुने बताउँछन्।

उनका अनुसार कम उचाइमा उडिरहेको विमानमा मोबाइल फोनको फ्रिक्वेन्सीको पहुँच हुन सक्छ र कतिपय अवस्थामा फ्रिक्वेन्सी खप्टिएर पाइलटले गर्ने सञ्चारमा प्रभाव पर्ने जोखिम हुनसक्छ।

“विमान र मोबाइलले प्रयोग गर्ने फ्रिक्वेन्सी फरक भए पनि कहिलेकाहीँ त्यो जुध्न सक्ने जोखिम हुन्छ र यस्तो भयो भने विमानको सञ्चार प्रभावित हुन सक्छ,” मिश्रले भने।

अधिकांश अवस्थामा विमान उडिसकेपछि अवतरण नहुँदासम्म मोबाइलको नेटवर्क देखाउँदैन।

विमानमा मोबाइलको नेटवर्क किन हुँदैन?

हालै पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानबाट एक यात्रुले फेसबुकमा लाइभ गरेको पाइएको छ।

जमिनमा राखिएका मोबाइलका बेस ट्रान्सीभर स्टेशन टावरभन्दा ४० देखि ६० मिटर उचाइसम्म मोबाइल फोनको नेटवर्क टिप्न सक्ने विज्ञहरू बताउँछन्।

दुर्घटनामा पर्नुअघि विमानले ‘अवतरण गर्ने दिशा फेरेको थियो’ उक्त जहाज कम उचाइमा देखिएका कारण उचाइमा राखिएका टावरबाट मोबाइल नेटवर्कको पहुँच हुनसक्ने ठानिएको छ।

“कम उचाइमा विमानमै पनि मोबाइल टिप्न सक्छ,” नेपाल वायुसेवाका वरिष्ठ अधिकृत पुन भन्छन्।

उनका अनुसार कतिपय अत्याधुनिक विमानहरूमा वाईफाईको सुविधा भए पनि त्यसको प्रयोग पनि विमान उडान र अवतरणका क्रममा बन्द गरिन्छ।

विमान अवतरण गर्ने समयमा विमानका चालक, अन्य कर्मचारी र यात्रुहरू पनि चनाखो हुनुपर्ने भएका कारण यो समयमा कुनै उपकरण चलाउँदा जोखिम हुनसक्ने पुन बताउँछन्।

विमान अवतरण गर्ने समयमा मेडिकल डिभाइस (चिकित्सकीय उपकरण) बाहेक अन्य उपकरण प्रयोग नगर्नू भन्नुको अर्को कारण के पनि हो भने यात्रुको ध्यान अन्यत्रै भयो भने विमानमा दिइएका निर्देशनहरू उनीहरूले नसुन्न सक्छन्,” पुनले थपे।

के फोन चलाउँदा विमान दुर्घटना हुन सक्छ?

विशेषगरी विमान उड्ने र अवतरण गर्ने समयमा मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गर्दा यात्रु र विमान दुवैलाई जोखिम हुने जानकारहरू बताउँछन्।

“विमानलाई खतरा हुनु भनेको यात्रुलाई पनि जोखिम हुनु हो। अर्को कुरा मोबाइल वा अरू उपकरणमा ध्यान दिएर विमानमा भइरहेको उद्घोषण सुनिएन भने कहिलेकाहीँ विमानमा टर्बुलेन्स आउँदा (हल्लिँदा) यात्रुलाई चोटपटक पनि लाग्न सक्छ,” नेपाल वायुसेवा निगमका पुन भन्छन्।

तर उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि उपलब्ध गराउन हालै युरोपेली आयोगले विमान सञ्चालकहरूलाई अनुमति दिएको विवरण आएका छन्।

यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन र उडिरहेको विमानबाटै फोन गर्न वा मोबाइल डेटा पनि चलाउन मिल्छ।

यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन।यसले स्वचालित उडान नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्न सक्छ भन्ने चिन्ताहरू थिए,” यूकेस्थित उडान सुरक्षा समितिका प्रमुख कार्यकारी डाई विटिङ्हमले यसअघि बीबीसीसँग भनेका थिए।

“तर अनुभवले के देखायो भने यस्तो हस्तक्षेपको जोखिम धेरै नै कम हुने रहेछ। तर पनि उडानमा रहेको समयमा मोबाइललाई सधैँ एअरप्लेन मोडमा राख्न सिफारिस गरिँदै आएको छ। बीबीसी

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

दुर्घटनाको नियती !

दुर्घटनाको नियती !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …