काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बन्धित निकायले काम गरिरहेकाले गलत गरेका मान्छेहरु कोही पनि बाँकी नरहने बताएका छन् ।
सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गरिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा संघीय संसद् भवनबाट बाहिरने क्रममा उपप्रधानमन्त्री लामिछानेले सो धारणा राखेका हुन् ।
गलत गरेको मान्छेहरुलाई तुरुन्त समात्न सक्ने मेकानिज्म कहीं न कहीं कमजोरी भएका कारण मानिसहरु लुकेका छन् । हराएका छन् । देखिएका छैनन्,’ उनले भने, ‘गलत गरेका मान्छेहरु कोही पनि बाँकी रहँदैनन् । होला, केही समय लुक्ने, भाग्ने, छल्ने, भेष बदल्ने । थाहा नपाउने भन्ने होला । प्रहरीले काम गरिरहेको छ । तपाईंहरुले थाहा पाउनुहुनेछ ।’
आफूले भर्खरै जिम्मेवारी सम्हालेको र राज्यका कयौं निकायहरुलाई निरीह बनाइएकोले नतिजा आउन समय लागेको उनले बताए । ‘राज्यका कयौं निकायहरुलाई निरीह बनाइएको छ । त्यसले गर्दा नतिजा आउन समय लाग्ने कुरा हो,’ उनले भने, ‘हेर्दै गर्नु होला नतिजा आउने गरी हामी काम गर्नेछौं । हामीले भर्खरै जिम्मेवारी सम्हालेका छौं । धेरै कामहरु गर्न बाँकी छन् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …