तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । हालसम्म देशभर १ सय ३० बढी चिकित्सक र २ सयभन्दा बढी नर्सहरू संक्रमित भइसकेका छन् ।

स्वास्थ्यकर्मी र नर्सलाई जगेडामा नराखे एक-दुई सातामै भयावह अवस्था आउने सक्ने

अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । ‘चिकित्सक र नर्सलाई जगेडामा राखेर पनि काम गर्नुपर्नेहुन्छ, डा. आचार्यले भने, अस्पतालका सबै चिकित्सकको पीसीआर टेस्ट गरिनुपर्छ ।’

अहिलेको यथास्थितिमा संक्रमण बढे अबको एक÷दुई हप्तामा अस्पतालमा उपचार गराउने चिकित्सक अभाव हुन सक्ने स्थिति आउने डा. आचार्यको भनाइ छ । हाल वीर अस्पतालमा १४ डाक्टरसहित ४८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालको ल्याब टेक्निसियन संक्रमित भएपछि ल्याबको काम प्रभावित बनेको छ । यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा ३० जना नर्स र २० डाक्टर होम आइसोलेसनमा छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि तीन डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, स्त्री तथा प्रसूति रोग केन्द्र थापाथलीमा २८ जना चिकित्सक २० जना नर्ससहित ६३ जना संक्रमित भएका छन् । सो अस्पतालमा प्रसूतिसम्बन्धी काम प्रभावित भएको छ । त्यस्तै, मनमोहन कार्डडियोलोजीमा सात जना चिकित्सकसहित ३५ जना संक्रमित छन् ।

यस्तै, कान्ति बाल अस्पतालमा १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा एक दर्जन बढी स्वास्थ्यकर्मी र पाँच जना ल्याब टेक्निसियन संक्रमित भएका छन् । नेपाल प्रहरी अस्पतालमा दुई जना चिकित्सक र १२ जना नर्स संक्रमित भएका छन् । संक्रमण हुने दर दैनिक बढ्दो क्रममा रहेको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा धेरै संक्रमित भए पनि स्वास्थ्यकर्मी संक्रमित भएर सेवा प्रवाहमा समस्या आएको थिएन । तर, हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएसँगै दैनिक संक्रमण हुने दर ५ हजारको हाराहारीमा पुगेको छ भने फ्रन्ट लाइनरमा काम गर्ने चिकित्सक र नर्स आफंै संक्रमित भएका छन् । दोस्रो लहरको जस्तो संक्रमण दर जटिल अवस्थामा पुगे अस्पतालमा चिकित्सक र नर्सको अभाव भई सेवाप्रवाहमा समस्या आउन सक्ने विज्ञको भनाइ छ ।

आपतकालीन अवस्था आए अक्सिजन र संख्याको संख्या कति छन् ?

दोस्रो लहरको दाँजोमा हाल अस्पतालमा संख्याका संख्या र अक्सिजन पर्याप्त मात्रामा थप गरिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट रहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …