तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ ।

बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । संक्रमणको यो दर बढ्ने क्रम जारी छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४ सय ७८ जनामा कोभिड– १९ पोजिटिभ देखिएको हो ।

एक सातामा झन्डै दुई हजार संक्रमित थपिए

बिहीबार संक्रमित भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका १ सय ३२ जना छन् । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूहका १ सय ७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको औसत ‘आर– भ्यालु’ १.०४ पुगेको छ ।

आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड– १९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

छिमेकी देश भारत, अमेरिका, युरोपलगायतका देशमा ओमिक्रोन संक्रमण बढेसँगै संक्रमण दर ह्वात्तै बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार ९० हजार ९ सय २८ नयाँ कोरोना संक्रमित पहिचान भएका छन् । यसअघि भारतमा तीन दिनअघि मात्रै ३७ हजार बढी संक्रमित भएका थिए ।

यस्तै, अमेरिकामा सोमबार एकै दिन संक्रमितको संख्या १० लाख नाघेको छ । जोन हकिन्स विश्वविद्यालयका अनुसार अघिल्लो साता हरेक सय जनामध्ये एक अमेरिकी कोरोना संक्रमित छन् । यस्तै, ल्याटिन अमेरिकाका केही देशमा संक्रमण फैलने क्रम बढिरहेको छ । अर्जेन्टिना, कोलम्बिया, बोलिभिया र पेरुमा संक्रमण बढेको छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढिरहेको बेला कमजोर रोग प्रतिरोध क्षमता भएकालाई दिने भनिएको अतिरिक्त खोप स्थगित गराइएको छ ।

खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम बढेसँगै संक्रमित दर बढिरहेको छ । संक्रमित बढेपछि भारतले विभिन्न प्रान्तमा रात्रिकालीन कफ्र्यु घोषणा गरिसकेको छ । भारतमा बढिरहेको कोरोना भाइरसको जोखिम नेपालमा रहे पनि सरकारले भने अहिलेसम्म कुनै तयारी गरेको छैन ।

सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने बताए पनि ओमिक्रोन भेरिएन्टका कारण सरकारलाई चुनौती भने थपिएको छ । मंगलबारसम्म कुल जनसंख्याको ३५.९ प्रतिशत अर्थात् १ करोड ९ लाख ४ हजार ८ सय ५१ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

त्यस्तै, ४८.४ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३७ हजार ४ सय ३३ जनाले एक डोज खोप लगाइसकेका छन् । हालसम्म विभिन्न देशबाट अनुदान र खरिद गरेर ३ करोड ९२ लाख ३ हजार ९ सय २७ खोप नेपाल भित्रिइसकेको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …