तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिरहा ।छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ निवासी १९ वर्षीय श्रवणकुमार मण्डल, सोही ठाउँका २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान, १९ वर्षीय  धर्मेन्द्र यादव र गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय भुवनप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । 

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । 

गत शनिबार राति बाटोमा होहल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेका रामप्रसाद सदालगायतको समूहलाई  दीपक साहलगायतको समूहले किन होहल्ला गरेको, हल्ला नगरी आफ्नो घर जानु भने पश्चात् सोही विषयमा दुबै पक्षबीच विवाद भई झगडा हुँदा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका रामकुमार सदाको उपचारको क्रममा गोलबजारस्थित भूमिजा अस्पतालमा मृत्यु भएको थियो । रिकेश सदाको भने हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना पश्चात आक्रोशित मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पार्नुको साथै बजार, पसलसमेत बन्द गराएका थिए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …