तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूलुक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ ।

नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहनुभएको छ । खाना खाँदा उहाँले अड्कलेरमात्र खानुहुन्छ । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ । 

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताउनुभयो । उहाँले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गर्नुभयो । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो । 

उहाँले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा. भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताउनुभयो । उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । 

डा. भट्टराईले यसमा हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नहुने भन्दै डा. भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताउनुभयो ।

पोषणविद् प्राध्यापक डा. जया प्रधानले मधुमेहका बिरामीले सधँै स्वस्थकर खाना खानुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको शरीरमा क्यालोरी बढी भयो भने शरीरमा सञ्चित हुने र मोटोपन बढ्दै जाँदा मधुमेह हुन सक्ने बताउनुभयो । 

छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु, दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ । 

मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मानिसमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने जानकारी दिँदै मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा मिर्गौलामा असर गर्ने बताउनुभयो । 

वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेह व्यवस्थापन आफैँबाट गर्नुपर्ने र रोकथामका लागि सचेतना अपनाउनुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालमा आउने १० जना बिरामीमध्ये छ जनामा मधुमेह हुने र ती जटिल अवस्थामा आउने गरेको बताउनुभयो । 

उहाँले आँखाको रेटिनामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने भन्दै आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने बताउनुभयो । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा ५ प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो सङ्ख्या दोब्बर रहेको पाइएको छ ।गोरखापत्र दैनीकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …