तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की

काठमाडौँ। प्लास्टीक शब्द ग्रीक भाषाका प्रास्टीकोस शंव्दवाट क्युत्पन भएको तथ्य भेटिन्छ । जसको शाव्दीक अर्थ जुनसुकै, रंग रुपमा ढाल्न सकिने । प्लास्टीकहरु पोलीर्मम जसको ग्रीक भाषामा धेरै खण्ड भएको बुझिन्छ । जुन आधारभुत रुपमा त्यस्ता वस्तु वा कण जुन एकै खाले आधारभुत रुपमा त्यस्ता वस्तु वा कण जुन एकै खाले कणहरु श्रृङखला वद्ध रुपमा दोहरिएर जोडिएर बनेका हुन्छन ।

हाइड्रोजन र कार्वन ( हाइड्रोकारवन का कणहरु एक आपसमा जोडिएर प्लास्टीक पोलीर्मसका लामो सांग्ला बन्दछन । प्रायजसो प्रसोधित प प्लास्टीक का लागि आवश्यक कच्चा हाइड्रोकार्वन सामग्रीहरु पेट्रोलियम प्राकृतिक ग्यास वा कोइलाबाट उपलब्ध हुन्छन । प प्लास्टीक को गुणस्तर पोलीमरहरुको लम्बाई र संरचनागत व्यवस्थापनले निर्धारण गर्दछ । सधन रुपमा खादिएको पोलीमरबाट कडाखाले प्लास्टीक सामग्री तयार पारिन्छ । जवकी खुकुलो पारी खादिएका पोलीमर्सबाट मुलायम खाले प्रास्टीक सामग्री तयार पारिन्छ ।

यद्यपी पोलीमर्सहरु मात्र प्रयोग गरी वनाइएका सामग्रीहरुको भौतिक व्यापारिक व्यवहारिक मूल्य न्युन हुने हुँदा प्लास्टीक उत्पादनहरु रंगी विरंगी कडा, नरम बनाउन विभिन्न खाले रसायनिक जोरन निर्माण प्रकृयालाई सहजीकरण गर्न प्रयोग गर्ने गरीन्छ । जुनजस्वास्थ्य एवं वतावरणीय प्रयावरणका लागि घातथक हुने गर्दछन । प्लास्टीक प्रयोगको पहिलो अभिलेख व्रिटिश अनवेषक तथा घातु विज्ञ अलेकसजेन्डर पारकेसले प्राकृतिक सेलुलोज नाइट्रीक एसीड एवं अन्य संघुलन रसायन प्रयोगगरी पार्केसाइन इं.स. १८५५ मा पारेको तथ्य भेटिन्छ ।

प्रथम पुर्ण मानव निर्मित पुर्ण प्रसोघित प्रा प्लास्टीक को प्रयोग भने इ.स. १८०७ वाट प्रयोग हुन थालेको देखिन्छ । जव बेलजीएममा जन्मेको, न्युयोर्कमा बसोवास गर्ने लियो विकेलैण्डले हाइड्रोकार्वन रसायन जुन कोइलाबाट संस्लेषित थियो प्रयोग बेललाइत श्रृजना गरे जुन रेडियो टेलीभिजन कोसिंग भान्साका भाडाकुडा तथा खेलौनामा प्रयोग गरीयो । खास गरी दोश्रो विश्वयुद्धको अन्तपछि प्लास्टीक युगको शुरु हुन पुग्यो जव दैनिक प्रयोग हुने सवै खाले घरा यसो प्रयोग हुने सामग्रीहरु प प्लास्टीक का बन्न थाले । आज प्लास्टीक हाम्रो वरीपरि सर्वत्र छ ।

आज हाम्रो खाना र पेयहरु यिनै सामग्रीमा पोको पारीन्छ । आज हाम्रो खान र पेयहरु यिनै सामग्रीमा पोको पारिन्छ । आज हाम्रा के घर कार्य क्षेत्र , सवारी साधन सवमा यिनको प्रयोग अपरिहार्य भएको छ । हाम्रा लुगा पहिरन चश्मा दाँत , दाँत मंजन, कम्पयुटर, टेलिफोन थाल फ्रेट कचौरा गिलास खेलौना सवै प्लास्टीक वाट बनेका छन । यदि हामीले आजको हाम्रे, दैनिकीको समिक्षात्मक अवलोकन गर्नेहो भने हाम्रो जीवनको कुनै पक्ष अछुतो पाउन दुरुह हुनेछ । प्लास्टीक वाट वनेका सामग्रीहरु हाम्रा कोठा, भान्सा बैठक तथा पर्यटनका वेला प्रयोग न गरीने हो भने समाजमा पारके पो भइन्छ भन्ने डर त छदैछ । प्लास्टीक हरु विविध खाले , हलुका, लचिलो, चिस्यान, प्रतिरोधी, टिकाउ, मजबुत तथा अपेक्षाकृत किफायती हुन्छन ? यिनीहरु रसायन प्रतिरोधि प्रष्ट पारदर्शी तथा व्यवहारिक रुपमा टुटफुट हुने खालका हुन्छन् ।

यीनै विशिष्ट खाले गुणका कारण प्लास्टीक ले यस भुमण्डलको जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । तर यसको जथाभावी प्रयोगले अपूर्ण भूमिका खेल्दछ । तर यसको जथाभावी प्रयोगले अनअपेक्षित वातावरणिय समस्या का साथै साना केटाकेटीमा विविध खाले स्वास्थ्य जन्य समय श्रृजना गर्न सक्छ । अन्य विकल्प उपलब्ध हुन नसकेको अवस्थामा मात्र प्लास्टीक को प्रयोग बृद्धिमत्तापूर्वक सावधानी सहित प्रयोग गरीनु पर्दछ ।

आजको युगमा प्लास्टीक लाई विकारल वातावरणीय एवं पर्यावरणिय प्रकोपको रुपमा लिइन्छ । प्राय जसो प्लास्टीक अनविकरणिय श्रोत दोहन सधन उर्जा प्रविधीको प्रयोग गरी संवेदनशिल पर्यावरणिय प्रणालीमा क्षती पु¥याउने गरी पेट्रोलीय तथा प्राकृतिक ग्यासको प्रयोग बनाइन्छ । प्लास्टीक को उत्पादन तथा यसलाई बालेर नष्ट गर्दा यसले हावा, जमीन, जलसतहमा प्रदुषण गराउँछ । साथै यसको उत्पादन श्रृँखलामा संलग्न मजदुरहरु विषालु रसायन तथा क्यानसरजन्य स्वास्थ्य समस्याका जोखिममा पर्दछन । प्लास्टीक प्याकेजीङग जुन सर्वत्र उपयोग भएकाछन भुतल फोहरमैलाको प्रमुख श्रोतको रुपमा देखा परेको छ । जुन जलचर तथा घरपालुवा पशुहरुले यस्ता प्लास्टीक मा पोका पारी फालेका २ छयान खाम पुग्दा द्यातक परिणाम वेर्होर्न स्थितिमा पुग्ने गर्दछन ।

प्रसोधित प्लास्टीकहरु गलेर नजाने किसिमका हुने गर्दछन । यी फोहरमैला फाल्ने ठाउँमा थ्रुप्रिदै जान्छन र वातावरणलाई भौतिक रुपमा प्रदुषित गराउँदछन । आज हाम्रा महानगर, उपनगर नगरपालिका तथा स्थानिय निकायहरुका लागि शहरी फोहरमैला व्यवस्थापनमा प्लास्टीक टाउको दुखाइको विषय बनेको छ । जुन हाम्रो आफनो परिवेषमा मात्र सीमीत छैन यो समस्या विश्वव्यापी नै छ भने हुन्छ । अरुको परिणाम आज विश्व भरीका स्थानीय सरकारहरु प्लास्टीक को झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन । प्लास्टीक का कारण हुने प्रदुषण नाङगो आँखाले मात्र अवलोकन गर्न सकिन्न । विभिन्न समयमा भएका अनुसन्धानले प्रास्टीकका सक्ष्मकण वातावरणिय बायु, नदि तालमा विश्वव्यापी रहेको इंगीत गरेको तथ्य पाइन्छ । जन स्वास्थ्य जोखिमको सन्दर्भमा खाना पकाउने भान्सा तथा प्लास्टीक मा प्याक गरेका खादय तथा पेय पदार्थका भण्डारहरुवाट हुने प्लास्टीकजन्य कणको चुहावटका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गर्दछ ।

जसले गर्दा जनसमुदायमा प्रजनन स्वास्थ्य सम्बन्धित विकृति, मस्तीपक तथा स्नायुजन्य विकृति, रक्त संचार प्रणालीमा क्षती, मधुमेह छिट्टै वैश लाग्ने, मोटाउने तथा रसायनिक औषधि प्रति प्रतिरोधको स्थीती श्रृजना हुने समस्या देखिन थालेको छन । प्लास्टीक व्यागहरु सजीलै गलेर जाँदैनन धेरै बर्ष सम्म पनि जसले गर्दा यसरी थुप्रिएको प्रास्टीक झोलाले जमीनको माटो ओगटने हुँदा बोट विरुवाले जमिनमा राम्रो सित जरा गाडन नपाउदा चाहिने पोषण तत्व बालीबोट विरुवाले पाउँदैनन जसका कारण उत्पादकत्व घटेर जान्छ । यसरी प्रयोग गरीएका प्लास्टीक झोलाहरु उचीत रुपमा तह न लगाउदा त्यस्ता प्रास्टीक झोला हाम्रा घर पालुवा छाडा , तथा वन्य जन्तुले खाँदा यी नपच्ने हुँदा पेटमा जम्मा भई, थुप्रिएर जाँदा अपच भई जनावरको ज्यान जाने गर्दछ । जसले गर्दा कृषकले पशुधनको रुपमा आर्थिक क्षती व्योहर्न पर्ने हुन्छ । यस्ता मरेका पशुको सिनो गलेर यीनको शरीरमा जम्मा भएको प्लास्टीक को अवशेषले पुनः वातावरण पर्यावरणमा प्रदुषण गराउँछन ।

यसरी प्लास्टीकको निरन्तर प्रयोगले हाम्रो खादय सुरक्षामा पनी असर पार्दछ । साथै हाम्रा वरीपरि अव्यवस्थित रुपमा थुप्रिएको प्लास्टीक ले पनि हाम्रो वरीपरीको वातावरण पर्यावरणलाई विकृत पार्दछ । धरैजसो घरायसी प्रयोग गरीएको, प्लास्टीक जन्य फोहरमैला जथाभावी फाल्दा यी हाम्रा शहरका ढल नलीमा मिसिन जाँदा यसले ढल नलीको निकाश अवरोध गर्ने हुँदा सानो झारीमा नै हाम्रा शहरका सडकमा अप्रत्याशीत बाढि आउने गर्दछ । प्लास्टीक लाई बालेर नष्ट गर्दा यसबाट डाइअकसिन तथा पmयुसन जस्ता खतरनाक प्रयास उत्पन्न हुन्छन् । जुनसुकै खाले जैविक प्रदुषणका कारक हुने हुँदा यसका कारण क्यान्सर तथा जीवन जोखिम पार्ने स्वास्थ्य समस्या निम्तन सक्छ । हामी हाम्रा खानेकुरा तातो चिसो पारी राख्न प्लास्टीक का सामग्री प्रयोग गर्दछ । त्यसक्रममा निस्कने प्लास्टीकजन्य ग्यास ती खानेकुरा प्रदुषित गराउँछ । जुन विविध खाले स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

तर्सथ प्लास्टीकको प्रयोगमा प्रतिवन्ध लगाउनु नै उचित निराकरणमा हुन सक्छ । यसको दुष्परिणाम नियन्त्रण गर्न जनस्वास्थ्य तथा वातावरण पर्यावरण जोगाउन पनि यसवाहेक , गिलास, काठ, स्टेनलेस स्टील ऊनm कपास जन्य सामग्री हाम्रा अगाडी यसका विकल्प पनि छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …