तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।”

वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको  भनाइ छ । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।”

अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताउनुभयो । नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताउनुभयो । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

वालिङ नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ ।       

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …