तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।अब नेपालमा नै मिर्गौलाको बायोप्सीको परीक्षण नियमित हुने भएको छ । ‘प्रथम प्याथोलोजी ल्याब’ले मिर्गौला बायोप्सीको परीक्षण सुरु गरेसँगै नेपालमा पहिलोपटक नियमित बायोप्सीको परीक्षण हुने भएको हो ।  

यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बायोप्सी परीक्षणको सुविधा भए पनि नियमित परीक्षण नगर्दा नेपालका सबै मिर्गौला बिरामीको बायोप्सीको नमूना परीक्षण गर्नका लागि भारत पठाइने गरिन्थ्यो । भारत पठाउन रु छ हजार लिने गर्दथ्यो तर ‘प्रथम प्याथोलोजी ल्याब’ले रु पाँच हजार ५०० मा नै बायोप्सीको परीक्षण गर्न थालेको छ । आजदेखि सञ्चालनमा आएको ल्याबको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)की डीन प्रा डा दिव्या सिंहले उद्घाटन गर्नुभयो ।

उहाँले स्वास्थ्य परीक्षणमा नेपाल आत्मनिर्भर बनाउन यस ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । ल्याबका अध्यक्ष डा निराजन मैनालीले मिर्गौलाका बिरामीलाई लक्षित गरी ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले विशेषज्ञ चिकित्सकसहित ल्याब सञ्चालन ल्याइएको बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्र कुनै पनि स्वास्थ्य परीक्षण गर्न विदेश जान नपर्ने तरिकाले आफूहरुले ल्याबलाई स्तरोन्नति गर्नेसमेत बताउनुभयो । 

यस्तै ल्याबले बिरामीलाई मोबाइल एपमा नै रिपोर्ट उपलब्ध गराउने भएको छ । बिरामीले आफ्नो रिपोर्ट जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था मिलाइएको ल्याबका अध्यक्ष डा मैनालीले बताउनुभयो । उहाँका अनुसार ल्याबमा परीक्षण गरिने रोगको बढीमा तीन दिनसम्म रिपोर्टसमेत दिने बताउनुभयो ।रासस                                                                   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …