तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक । राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 

पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।

स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …