तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता आंैल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु-याउनुपर्ने सुझाव दिए ।

युरोपमा डेल्टा भेरियन्ट तीव्र गतिमा बढेसँगै नेपालमा पनि जोखिम

डा. आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ । नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा. आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय रूपमा नै कोभिडको अध्ययन गरिररहेका डा. आचार्यका अनुसार हाल युरोपको स्पेन, नर्वे, इटली, जर्मनी, लंगजेनवर्गमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । यसैगरी साउथ अफ्रिकामा तेस्रो लहरको सी वान टु र सी वान भाइरस तीव्र गतिमा फैलिरहेकाले कोभिडको जोखिम यथावत् रहेको आचार्यले बताए ।

डा. रमेशकुमार आचार्य

‘चिसो बढेसँगै नयाँ भेरियन्ट आउन सक्छ’

नेपालमा चिसो बढेसँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ त्यसैले सरकारले व्यापक रूपमा पूर्वतयारी गर्न आवश्यक छ ।

डा. रमेशकुमार आचार्य, कोभिड अन्तर्राष्टिय अध्ययन गरिरहेका नेपाली चिकित्सक

डा. आचार्यका अनुसार वैज्ञानिकहरूको टप जर्नलमा प्रकाशित विभिन्न अध्ययनले अल्फा, बिटा, गामालगायतका भेरियन्टमा फाइजर, जोन्सन एन्ड जोन्सन, भेरोसिल, कोभिसिल्डजस्ता भ्याक्सिन प्रभावकारी भए पनि डेल्टा र सी वान भेरियन्टमा ती भ्याक्सिन कम प्रभावकारी हुन सक्ने भएकाले पूर्ण खोप लगाएका व्यक्तिमा कोभिड सर्न सक्ने देखिएको छ ।

डा. आचार्यका अनुसार विभिन्न दीर्घ रोगीहरूले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । जसअनुसार कोलेस्ट्रोल, प्रेसर, सुगर र युरिक एसिड र क्यान्सरका बिरामीले रातो मासु, खसीको मासु, धुम्रपान नगर्ने र मासु खानै परे उमालेर खानुपर्नेछ ।

हाल नेपालमा औसतमा १७ देखि १९ प्रतिशतभन्दा तल संक्रमण दर नघटेको दाबी डा. आचार्यको छ । उनका अनुसार अहिले पीसीआर परीक्षणको क्रम घटेकाले कोभिड घटेको जस्तो देखिएको हो तर पीसीआर परीक्षण बढाउने हो भने कोभिड संक्रमितको संख्या बढ््ने उनले बताए ।

जाडोमा कमन कोल्ड, इन्फ्लुन्जा र अन्य संक्रमण रोग बढ्ने हँुदा त्यसबाट विद्यालय जाने बालबालिका तथा विश्व विद्यालयका विद्यार्थी बढी प्रभावित हुन सक्ने डा. आचार्यको भनाइ छ

बालबालिकामा बढी प्रभाव
कोभिड विज्ञ डा. आचार्यका अनुसार नेपालमा तेस्रो लहरमा सबैभन्दा बढी प्रभावित प्रावि, निमावि, र मावि स्कुलका ५ वर्षमाथि र १६ वर्षमुनिका बालबालिका हुनेछन् । सन् २०२० मा बालबालिकालाई डीपीटी, पोलियो, एचवी, पीसीयू, जापानिज इन्सेफलाइटिसको खोप नलगाइएको र कोभिडको भ्याक्सिन कुनै पनि बालबालिकालाई नलगाइएकाले उनीहरू सबैभन्दा बढी जोखिममा पर्ने डा. आचार्यको भनाइ छ । हाल विद्यालयले स्वास्थ्य मापदण्डसमेत पालना नगरी विद्यालय खोलेकाले बालबालिकामा समस्या अझै बढ्न सक्ने उनले दाबी गरे ।राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …