तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की

काठमाडौँ। डेङ्गु दोश्रो विश्व युद्धको समय देखि विश्वव्यापी रुपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशहरुमाव्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरु बिरामी पर्ने गरेका छन् ।

जस मध्ये करिब १० देखि २० हजार मानिसहरुको मृत्यु हुने गरेको छ । डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टेका कारणले सर्ने गरेको तथ्य बीसौं शताब्दी मै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मुल पार्न असम्भव जस्तै भएकोले सिधै भाइरस लाई नियन्त्रण गर्न औषधीहरु को बारेमा पनि अध्ययन भई रहेको छ ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइसल संक्रमण हो । यो भाइरस डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु हेमोरहेजीक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनि लेखिने ज्वरो लामखुट्टेको टोकाई सर्ने र शितोष्ण र समसीतोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीन दिन देखि चौध दिन पछि पछि यसक ालक्षणहरु देखिन्छ । यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने मांसपेशी तथा जोर्नीहरुमा पिडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदिहुन् । यो रोगनिको हुनदुईदेखि सातदिन सम्म लाग्छ ।

केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतम ाप्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रुप हो डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

डेङ्गु धेरै प्रजातिको लामखुट्टेहरुको माध्यमबाट मानिसहरुमा सर्न सक्दछ । यो रोगका भाइरसहरु चार प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएमा हाम्रो शरीरले जीवन भरीका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसका विरुद्ध छोटो अवधि का लागि मात्र काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचान को टुङ्गो लगाउन धेरै परिक्षणहरु उपलब्ध छन् ।

यस्ता परिक्षणहरुमा विरामीको रगतमा डेङ्गुको भाइरस विरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आर एन ए पत्ता लगाउने गरिन्छ । केही देशहरुमा डेङ्गुको संक्रमणबाट बचाउन का लागि एउटा खोप लाई मान्यता दिइएको छ तर अहिले सम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङगी बाट बच्न लामखुट्टेको वासस्थानहरु नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने वा जमेको पानी लाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगतदिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँचलाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेला माइबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।
लक्षण तथा चिन्हहरुः
सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरु मात्र देखिन्छ । संक्रमित मध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् ।

यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरु मा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भए पनिउच्चज्वरो पनि देखा पर्दछ ।

डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरु ऋचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरुको मांसपेसी तथाजोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजनगरिएको छः लक्षण् शुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटीकल तथा निको हुने अवस्था रिक्भरी ।

लक्षण शुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस भन्दा पनि उच्चज्वरो आउने शरीरमा पिडा महशुश हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायजसो दुई दिन देखि सात दिन सम्म रहने गर्दछ ।वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्दछ । डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन शुरु भएको पहिलो वा दोश्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–सानाफोकाहरु देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन अ सी आफ रेड (रातो समुन्द्रमागोराहरुको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमाहुने कोशीकाहरु फुटेर छालामा स–साना थोप्लाहरु देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

डेङ्गुको ज्वरो वाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न न दिने ।पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालीदिने साथै जम्मा भएको पानी सफा गर्ने ।फुलदानीम ाभएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भए सम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरो विरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …