काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।
कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ ।
आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …