तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा गोष्ठीमा उहाँले प्रदेशवासीलाई स्वास्थ्य सेवाको सहज पहुँच अभिवृद्धिका लागि सरकार निरन्तर लागेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका साथै प्रदेशवासीलाई खोप उपलब्ध गराउनका लागि सरकार लागिरहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले सरकारले प्रदेशमा सर्वसाधारणको स्वास्थ्य रक्षालाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका लागि खोपको व्यवस्था गर्न निरन्तर लागिएको बताउँदै उहाँले प्रदेशभित्र छ लाख ८५ हजार ५८० जनाले पहिलो मात्रा र पाँच लाख ९१ हजार ९४७ ले दुवै मात्रासमेत लगाइसकेको जानकारी दिनुभयो ।

प्रदेशका अर्थमन्त्री रामजी बराल(जीवन)ले कोरोना महामारीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी प्रशंसायोग्य भएको बताउनुभयो । स्वास्थ्य सेवाको गुणस्तरीयतालाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । 

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्वास्थ्य सेवा व्यवसाय नभई सेवा क्षेत्र भएको कुरा सबैले मनन गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना सङ्क्रमितको उपचारमा ज्यानको बाजी राखेर खट्ने स्वास्थ्यकर्मीको भूमिका उच्च प्रशंसायोग्य भएको उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …