तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा।पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो ।ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।

दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …