तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुदूरपश्चिम।  प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसयता सङ्क्रमणदर बढ्दै गएकामा आज घटेको हो । असोज ४ गते ५३, असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७२ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । 

पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार यस प्रदेशमा २१ जनामा सङ्क्रमण पुष्टि हुँदा ४१ जना सङ्क्रमणमुक्त भएका छन् । रासस                                                                                                   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …