तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ ।कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले परीक्षा दिने नियमित तथा आंशिक विद्यार्थीलाई खोप दिने निर्णयानुसार सुरु गरेको हो ।

कारोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालय तथा क्याम्पस बिस्तारै खुल्न थालेका छन् । कक्षा १२ को परीक्षा भौतिकरुपमा सञ्चालन हुने भएपछि खोपको व्यवस्था गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही भदौ २७ र २८ गते एस्ट्रोजेनिका खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

दाङका १० वटै स्थानीय तहका कक्षा १२ का विद्यार्थीलाई खोप लगाउन शुरु गएिको हो ।  लमहीमा ९९९, घोराहीमा तीन हजार ८४६, तुलसीपुरमा तीन हजार ३८९, राप्ती गाउँपालिकामा ७११, बङ्गलाचुलीमा ५२, बबईमा १९१, दङ्गीशरणमा ८७, गढवामा ४५८, राजपुरमा १३३ र शान्तीनगरमा २९१ गरी जम्मा १० हजार १५७ जनालाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो । 

घोराही उपमहानगरपालिका–१५ मा रहेको पद्मोदय नमूना मावि खोप केन्द्रमा आएका सम्पूर्ण विद्यार्थीले अनिवार्यरुपमा प्रवेश पत्र लिएर आएको सिनियर स्टाप नर्स राधा पौडेलले जानकारी दिनुभयो । यही भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ, त्यसैको तयारीमा सरकारले खोपको व्यवस्था गरेको हो ।

 त्यस्तै यसअघि एस्ट्राजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि दिइने भएको छ । साथै सोही खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको व्यवस्था गरिदिन सम्बन्धित निकायमा माग गर्नेसमेत निर्णय गरिएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …