तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रीकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले आज यहाँको भरतपुर महानगरपालिकालाई रु एक करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

दुई संस्थाले सामानसहित पठाएका प्रतिनिधि जाङ्जीङ छिङले महानगर प्रमुख रेनु दाहाललाई सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो  १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क छ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान हस्तान्तरण गरिएको हो । 

सो अवसरमा महानगर प्रमुख दाहालले मित्र राष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताउनुभयो । यसले स्वास्थ्य कर्मीलाई काम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । “यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी र कर्मचारीलाई सही सदुपयोग गर्न उहाँले अनुरोध गर्नुभयो । 

सो अवसरमा छिङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताउनुभयो । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उहाँको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताउनुभयो । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । उहाँका अनुसार सिगात्सेको यो दोस्रो पटकको सहयोग हो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …