तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुदूरपश्चिम। कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताउनुभयो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिनुभयो । ‘‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी हुन भन्नेमा एकिन जानकारी हुन सकेको छैन’’, उहाँले भन्नुभयो, ‘‘अस्पतालमा दैनिक फाटफुट रुपमा यस्ता बिरामी उपचारार्थ आउने गरेका छन् ।’’

कैलाली, डोटी, बैतडी र बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । मौसममा आएको परिवर्तन भइरहेको अहिलेको समयमा हरेकले आफ्नो व्यक्तिगत र वातावणरीय सरसफाइमा ध्यान दिन र कोरोना भाइरसको  सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न स्वास्थ्यकर्मीको सल्लाह छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर असार महिना सुरु भएसँगै घट्दै गएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गएको हप्तामा नमूना परीक्षण गरिएका नौ हजार ८४५ मध्ये १८४ मा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको छ । यो अवधिमा १६५ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । गएको २४ घण्टामा २० जना सङ्क्रमित थपिँदा १४ जना डिस्चार्ज भएका छन् ।  प्रदेशमा हालसम्म जम्मा तीन लाख २७ हजार ९४२ को कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा ४६ हजार ५८० जनामा सङ्क्रमण देखिएको छ ।

कूल ४५ हजार ९३० सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ ।  प्रदेशमा गएको वैशाख र जेठ महिनासम्म यो रोगको सङ्क्रमण र मृत्यु हुने दर उच्च थियो । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सर्वसाधारणको चहलपहल बढ्दा यो रोगको जोखिम यथावत रहेको हो । 

पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपनि धेरै सर्वसाधारणले कोरोना भाइरसको नमूना परीक्षण गराउन डराउन थालेका छन् ।  नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाब हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउनुहुन्छ । ‘‘पोजेटिभ नतिजा आउँने मध्ये कतिपयमा डराउने मानसिकता देखिन्छ’’, विष्टले भन्नुभयो, ‘‘बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।रासस         

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …